आइतवार, अशोज ४, २०७७
Himalayan Social Journey

विश्वकप लिग टू अन्तर्गतका केही खेलहरु नेपालमा हुने

  • बिहिबार, बैशाख २६, २०७६

काठमाण्डाै – आईसीसी एक दिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतका केही खेलहरु नेपालमा हुने भएको छ ।

क्यान निलम्बनमा परेका कारण नेपालले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न नपाएको लामो समय भइसकेको छ । यसअघि नेपालले सन् २०१७ मा केन्याविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगै नेपालले नामिबियालाई पनि घरेलु मैदानमा हजारौं समर्थकका माझ सत्कार गरेको थियो ।

नेपाली दर्शकले झण्डै तीन वर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेल हेर्ने सौभाग्य पाउँदैछन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आज आईसीसी एक दिवशीय (पुरुष) विश्वकप लिग–२ को पहिलो आठ सिरिजको घोषणा गरेको छ । सन् २०२३ मा भारतमा हुने विश्वकपको छनोटका रुपमा रहेको लिग टू आगामी अगष्टदेखि सुरु हुनेछ ।

अहिले आईसीसीले सातवटा आयोजकको निश्चित गरेको छ । लिग टू अन्तर्गत फेब्रुअरी ५ देखि १२ सम्म त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । आईसीसीले तीन–तीन टिम राखेर कुल २१ वटा ट्राई सिरिजको घोषणा गरेको हो ।

यो प्रतियोगिताले एक दिवशीय मान्यता पाएका नेपाल र यूएईसँगै नयाँ देशहरु ओमान, अमेरिका, पपुवा न्यू गिनी, नामिबिया र स्कटल्याण्डलाई प्रतिस्पर्धात्मक क्रिकेटमा जान सहयोग पुग्ने अपेक्षा आईसीसीको छ ।

सन् २०२२ सम्म एक दिवसीय मान्यता पाएका यी टिमहरुले ३६ वटा एक दिवसीय म्याच खेल्नेछन् ।

कुल ३६ वटा खेल सकिएपछि शीर्ष स्थानमा रहने तीन टिमले आईसीसी विश्वकप छनोटमा सहभागिता जनाउनेछन् भने बाँकी चार टिम आईसीसी विश्वकप छनोटको प्लेअफमा प्रतिष्पर्धा गर्नेछन् ।

0
Shares

Comments

comments

छुटाउनु भयो कि ?

...

इस्माले अलपत्र परेकाको कोठा भाडा तिर्ने : गाउँ आउने २ सर्त

टोपलाल अर्याल गुल्मी, १६ बैशाख टोपलाल अर्याल गुल्मी, १६ बैशाख इस्मा गाउँपालिकाले लकडाउनका कारण अलपत्र परेकाहरुको खाने बस्ने व्यावस्था गर्ने भएको ...

दशै तिहार विदामा पुग्नैपर्ने सत्यवती

लेखक : जितु तरामु मगर यतिवेला नेपालमा चार्डपर्वको सिजन चलिरहेको छ । शहर रित्तिने र गाउँघर भरिने यो समयमा सरकारी तथा गैर सरकारी क्षेत्रका विभिन्न संघ ...

सविधान संशोधन नभए सरकार छाड्छौः अशोक राई

सीता भण्डारी गुल्मी असोज ११, समाजवाटी पाटीका वरिष्ठ नेता अशोक कुमार राईले सविधान संशोधन नभएर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन । सविधान ...

तपाईं को प्रतिकृया दिनु होला

Your email address will not be published. Required fields are marked *


error: Content is protected !!