आइतवार, अशोज ४, २०७७
Himalayan Social Journey

अगुगमनमा पुगेका मेयर माथी गरिएको व्यावहार अराजनीतिक

  • मङ्लबार, जेष्ठ २७, २०७७

लुम्बिनी खबर डट.कम
गुल्मी, २७ जेठ

नेकपा मुसिकोट नगरपालिका वडा नं १ कमिटीले क्वारेन्टाइन अनुगमनको क्रममा मेयर लगायतका जनप्रतिनिधी माथी भएको अराजनीतिक व्याबहारको बिरोध गरेको छ । सरस्वती माध्यमिक विद्यालयमा संचालन भएको क्वारेन्टाइन अनुगमन गर्न जेठ २५ गते नगरप्रमुख सोमनाथ सापकोटा, वडा नं. १ वडा अध्यक्ष पुर्णवहादुर हितान र वडा सदस्य एवं नेकपा नगर सदस्य दलवहादुर थापा लगायत पुगेका थिए । सोहि क्रममा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरु चिरञ्जीवी केसी, पोमलाल खरेल, नेपाल तरुण दलका भिम पाण्डे लगायत व्यक्तिले अपमानजनक, अभद्र र अराजनीतिक व्यवहार गरेको प्रति गम्भिर ध्यानआकषर्ण भएको नेकपा वडा कमिटी इन्चार्ज भुप्रेन्द्र रायमाझी र सचिव नारायण थापाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

कोरोना संक्रमणको कारण मानव जीवनमा संकट परिरहेको समयमा नगरपालिकाले गरेको उद्धार, राहत, क्वारेन्टाइन व्यावस्थापन र परिक्षणका सहयोग गर्नुको सट्टा राजनैतिक पुर्वाग्रहका साथ जत्था बटुलेर जनप्रतिनिधी प्रति देखाएको अराजनीतिक, असामाजिक र समान्तवादी व्यवहारको वडा कमिटीले घोर भर्सना र निन्दा गरिएको छ । साथै बिज्ञप्ती मार्फत अपमानपुर्ण व्यवहार गर्ने सम्वन्धित व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइ कडा कारबाही गर्न वडा कमिटीले जोडदार माग गरिएको छ । बिज्ञप्तीमा आगामी दिनहरुमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकता माथि यस्ता प्रकारका अराजनीतिक व्यवहार जो कसैले गरे नेपाल कम्युनिष्ट पार्टी कडा प्रतिरोधमा उत्रने समेत कडा चेतावनी दिइएको छ ।

0
Shares

Comments

comments

छुटाउनु भयो कि ?

...

इस्माले अलपत्र परेकाको कोठा भाडा तिर्ने : गाउँ आउने २ सर्त

टोपलाल अर्याल गुल्मी, १६ बैशाख टोपलाल अर्याल गुल्मी, १६ बैशाख इस्मा गाउँपालिकाले लकडाउनका कारण अलपत्र परेकाहरुको खाने बस्ने व्यावस्था गर्ने भएको ...

दशै तिहार विदामा पुग्नैपर्ने सत्यवती

लेखक : जितु तरामु मगर यतिवेला नेपालमा चार्डपर्वको सिजन चलिरहेको छ । शहर रित्तिने र गाउँघर भरिने यो समयमा सरकारी तथा गैर सरकारी क्षेत्रका विभिन्न संघ ...

सविधान संशोधन नभए सरकार छाड्छौः अशोक राई

सीता भण्डारी गुल्मी असोज ११, समाजवाटी पाटीका वरिष्ठ नेता अशोक कुमार राईले सविधान संशोधन नभएर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन । सविधान ...

तपाईं को प्रतिकृया दिनु होला

Your email address will not be published. Required fields are marked *


error: Content is protected !!