आइतवार, अशोज ४, २०७७
Himalayan Social Journey

क्यान्सरसंगै कोरोनाको पीडामा स्वास्थ्यकर्मीको मलम : आइसोलसनमा उपचारसंगै रक्तदान

  • आइतवार, जेष्ठ २५, २०७७

टोपलाल अर्याल
गुल्मी, २५ जेठ

कोरोनाका बिषयमा भ्रम धेरै छन् । जसका कारण भारतबाट आएकाहरुलाई गाउँका बिद्यालयमा व्यावस्थापनमा गर्न निकै गाह्रो देखियो । कैयन व्यक्तिहरु जीपले बोक्न नमानेका कारण सदरमुकामबाट ट्याक्टरमा गाउँ पुगे । बिरामीहरु एम्बुलेन्सले नबोकेका कारण थुप्रै व्यक्ति समस्या परे । सचेतनाभन्दा त्रास बढि भएकाले गाउँ समाजमा घर र टोल बाराबारको अवस्था छ । तर रेसुङ्गा नगरपालिका ९ को आइसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमित व्यक्तिलाई उपचारमै संलग्न स्वास्थ्यकर्मीले रगत दान गरेका छन् । धुर्कोट गाउँपालिकाका ३६ बर्षीय कोरोना संक्रमितलाई आइसोलेसनमा खटिएकी स्वास्थ्यकर्मी सीता छन्त्यालले रगत प्रदान गरेकी हुन् । संक्रमित व्यक्ति दुई बर्षदेखि ठुलो आन्द्रामा क्यान्सरको समस्याले पीडित छन् । उनी भारतबाट आएका थिए । उनको कोरोना संक्रमणको पुष्टि भएपछि १४ दिनदेखि उपल्लो तम्घासको आइसोलेसनमा उपचार भइरहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । उनलाई रक्तअल्पताको समस्या देखिएपछि आइतबार रगत दिइएको पच्याले जानकारी दिए । ‘कोरोना लागेकै कारण आफ्नै आफन्त र समुदायको मान्छेलाई बहिस्कार गरिएका दुखद खबर सुनिएका छन््,’उनले भने,‘अहिलेको परिस्थीतिमा यो काम उपचारसंगै संक्रमित प्रतिको सद्भाव हो ।’ रक्तदान गरेकी स्वास्थ्यकर्मी छन्त्यालले आफुले स्वतस्फूर्त रुपमा रगत प्रदान गरेको बताइन् । छन्त्यालले बिपन्न व्यक्तिमा क्यान्सरसंगै कोरोना संक्रमणको पीडा र अहिले रक्तअल्पता देखिएकाले आफुले रगतदान गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । कोरोना संक्रमणको पुष्टि भएदेखि अहिलेसम्म आफुहरु उनकै स्वास्थ्य प्रति गम्भिर छत्यालले बताइन् ।

0
Shares

Comments

comments

छुटाउनु भयो कि ?

...

इस्माले अलपत्र परेकाको कोठा भाडा तिर्ने : गाउँ आउने २ सर्त

टोपलाल अर्याल गुल्मी, १६ बैशाख टोपलाल अर्याल गुल्मी, १६ बैशाख इस्मा गाउँपालिकाले लकडाउनका कारण अलपत्र परेकाहरुको खाने बस्ने व्यावस्था गर्ने भएको ...

दशै तिहार विदामा पुग्नैपर्ने सत्यवती

लेखक : जितु तरामु मगर यतिवेला नेपालमा चार्डपर्वको सिजन चलिरहेको छ । शहर रित्तिने र गाउँघर भरिने यो समयमा सरकारी तथा गैर सरकारी क्षेत्रका विभिन्न संघ ...

सविधान संशोधन नभए सरकार छाड्छौः अशोक राई

सीता भण्डारी गुल्मी असोज ११, समाजवाटी पाटीका वरिष्ठ नेता अशोक कुमार राईले सविधान संशोधन नभएर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन । सविधान ...

तपाईं को प्रतिकृया दिनु होला

Your email address will not be published. Required fields are marked *


error: Content is protected !!