आइतवार, अशोज ४, २०७७
Himalayan Social Journey

गुल्मीका दलित अधिकारकर्मी आन्दोलित : मानवता बिरुद्धको अपराधका बिरुद्ध लड्न आग्रह

  • आइतवार, जेष्ठ १८, २०७७

लुम्बिनी खबर डट.कम
गुल्मी, १८ जेठ
रुकुम हत्या काण्ड र गुल्मीको फोक्सिङको छुवाछुतको घटनालाई लिएर दलित अधिकारीकर्मीहरुले बिरोध प्रर्दशन गरेका छन् । दलित साझा मञ्चको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाइएको हो । अधिकारकर्मीहरुले पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कानुनी कारबाहीको माग गरेका छन् । पुर्व संविधान सभा सदस्य कमला विश्वकर्माले रुकुम घटना भवितव्य भनेर मोडन खोजे दुर्भाग्य हुने बताउनुभयो । उहाँले यो मानवता बिरुद्धको अपराध भएकाले कुनै जात बिशेषको मुद्धा नभएको स्पष्ट पार्दै घटनामा संलग्नहरुलाई कानुनको दायरामा ल्याउन आग्रह गर्नुभयो । त्यस्तै जिल्लामा दलित आन्दोलनको अगुवाई गरिरहेको दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले एकपछि अर्को दलित केन्द्रित आक्रमण भइरहेको बताउनुभयो । उहाँले अन्तरजातिय प्रेम सम्बन्धकै कारण हत्या गर्नु, घर पसेकै कारण जरिवाना गर्नु, दलित बालिकाको बलात्कारपछि हत्या गर्नु, क्रृयापत्रीमाथि आक्रमण लगायतका अमानवीय घटनाका आरोपितहरुलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो । दलित अधिकारकर्मीहरुले ‘दलित एकता जिन्दावाद्, पश्चिम रुकुमका दोषीलाई कडा कारवाही गर, फोक्सिङ जातिय विभेद्का दोषीलाई कडा कारवाही गर, रुकुम घटनाका षड्यन्त्रकारी होसीयार, जातिय भेद्भाव अन्त्य गर लगायतका प्ले कार्डसहित प्रर्दशन गरिएको दलित साझा मञ्चका उपाध्यक्ष रोम विश्वकर्माले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ज्ञापनपत्र तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताउँदै रुकुमको घटनाले आफू पनि दुःखी बनाएको बताउनुभयो ।

0
Shares

Comments

comments

छुटाउनु भयो कि ?

...

इस्माले अलपत्र परेकाको कोठा भाडा तिर्ने : गाउँ आउने २ सर्त

टोपलाल अर्याल गुल्मी, १६ बैशाख टोपलाल अर्याल गुल्मी, १६ बैशाख इस्मा गाउँपालिकाले लकडाउनका कारण अलपत्र परेकाहरुको खाने बस्ने व्यावस्था गर्ने भएको ...

दशै तिहार विदामा पुग्नैपर्ने सत्यवती

लेखक : जितु तरामु मगर यतिवेला नेपालमा चार्डपर्वको सिजन चलिरहेको छ । शहर रित्तिने र गाउँघर भरिने यो समयमा सरकारी तथा गैर सरकारी क्षेत्रका विभिन्न संघ ...

सविधान संशोधन नभए सरकार छाड्छौः अशोक राई

सीता भण्डारी गुल्मी असोज ११, समाजवाटी पाटीका वरिष्ठ नेता अशोक कुमार राईले सविधान संशोधन नभएर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन । सविधान ...

तपाईं को प्रतिकृया दिनु होला

Your email address will not be published. Required fields are marked *


error: Content is protected !!