आइतवार, अशोज ४, २०७७
Himalayan Social Journey

सीपले क्वारेन्टाइनमै आम्दानी : यमबहादुर दैनिक २ डोका बनाउँदै

  • शनिबार, जेष्ठ १७, २०७७

टोपलाल अर्याल
गुल्मी, १७ जेठ

अर्जेका ४९ बर्षीय यम बहादुर विक क्वारेन्टाइनमै डोको बनाउन व्यस्त छन् । बिहानदेखि बेलुकासम्म दुई वटा डोको सजिलै बनाउँछन् । विक गत जेठ १३ गते भारतबाट आएका हुन् । उनीसंगै १० जनालाई वडा कार्यालयले अर्जे माविको क्वारेन्टाइनमा व्यावस्थापन गरेको छ । कम्तिमा दुई हप्ता क्वारेन्टाइनमै बस्नुपर्ने भएपछि विकले डोको बनाउने सोचे । वडा कार्यालयले बाँस दियो । सीप उनीसंगै थियो । अब दैनिक डोको बनाएर आम्दानी गर्ने विकको योजना छ । ‘त्यतिकै बसेपछि अनेक सोचहरु आउने रहेछन्, दुई हप्ता कसरी ठेल्ने,’उनले भने,‘क्वारेन्टाइनमै खानेबस्ने गरेर डोको बनाउन पाएकोमा खुसी छु ।’ उनी भारतमा काम गर्न थालेका ११ बर्ष भए । विकले पहिले गाउँमा पनि मजदुरीसंगै फुर्सदमा डोको बनाउन्थे । गाउँमा सिकेको काम अहिले दुखमा पनि काम लागेको उनले बताए । उनले आफुले मात्रै काम गरेका छैनन् । क्वारेन्टाइनमा रहेका भतिज सुबास विकलाई पनि डोको बनाउन सिकाईरहेका छन् । ‘म संगै भतिजलाई पनि डोको बनाउन सिकाएको छु,’उनले भने,‘सीप कहिल्यै मर्दैन अरुले पनि इच्छा देखाएका छन् ।’ गाउँमा एउटा डोकाको मुल्य साढे दुई सयदेखि तीन सय रहेको छ । बनाउन सके बजारको कुनै समस्या छैन् । दैनिक दुई वटा डोका बनाएर दुई हप्तामा आठ÷नौ हजार आम्दानी हुने उनले बताए । विकले भारतमा होटलको काम गर्थेे । कोरोना संक्रमणका कारण होटल बन्द भए । दुई महिना त्यतिकै खाली बसे । कामको टुङ्गो नभएपछि गाउँ आएका विक अहिले क्वारेन्टाइनमा छन् । विकसंग सात÷आठ जनाको परिवार र क्रृण छ । बाध्यताले भारत पसेका उनी गाउँमै कुनै उद्यम वा रोजगारी पाए फर्कने मानसिकतामा छैनन् । ‘डोको बुनेर घर खर्च चले पनि क्रृण तिर्ने कसरी ? स्थानीय सरकारले अरु काम दिए फर्किदैन,’उनले भने,‘ गाउँमा मेलापात बाह्रैमास चल्दैन ।’ अरु क्वारेन्टाइनमा भएकाहरुले पनि आफ्नो सीप प्रयोग गर्न खोजे आफुहरुले सहयोग गर्ने मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । गुल्मीमा मात्रै पछिल्लो समय भारतबाट आएका करिव २५ सय जना क्वारेन्टाइनमा छन् । गाउँमा इन्टरनेटको सहज पहुँच पनि छैन् । संक्रमणको भयकाबीच कोठा भित्रको लामो बसाईलाई धेरैले निकै सकशपूर्ण रुपमा लिएका छन् । तर स्थानीय तहले क्वारेन्टाइनमा रहेकाहरुको सीप को पहिचान गरेर नयाँ र सृजनात्मक काममा लगाउने सके दुई हप्ता पनि उपलब्धि बनाउन सकिने नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले बताए ।

फोटो ः मालिका गाउँपालिका ६ को अर्जे मावि क्वारेन्टाइनमा डोको बनाउँदै ४९ बर्षीय यम बहादुर विक ।

0
Shares

Comments

comments

छुटाउनु भयो कि ?

...

इस्माले अलपत्र परेकाको कोठा भाडा तिर्ने : गाउँ आउने २ सर्त

टोपलाल अर्याल गुल्मी, १६ बैशाख टोपलाल अर्याल गुल्मी, १६ बैशाख इस्मा गाउँपालिकाले लकडाउनका कारण अलपत्र परेकाहरुको खाने बस्ने व्यावस्था गर्ने भएको ...

दशै तिहार विदामा पुग्नैपर्ने सत्यवती

लेखक : जितु तरामु मगर यतिवेला नेपालमा चार्डपर्वको सिजन चलिरहेको छ । शहर रित्तिने र गाउँघर भरिने यो समयमा सरकारी तथा गैर सरकारी क्षेत्रका विभिन्न संघ ...

सविधान संशोधन नभए सरकार छाड्छौः अशोक राई

सीता भण्डारी गुल्मी असोज ११, समाजवाटी पाटीका वरिष्ठ नेता अशोक कुमार राईले सविधान संशोधन नभएर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन । सविधान ...

तपाईं को प्रतिकृया दिनु होला

Your email address will not be published. Required fields are marked *


error: Content is protected !!