आइतवार, अशोज ४, २०७७
Himalayan Social Journey

गुल्मीमा कोरोना भाइरस बिरुद्धको बिमा सुरु : मैत्री सहकारीले ४० कर्मचारीको ग¥यो

  • बिहिबार, जेष्ठ ८, २०७७

टोपलाल अर्याल
गुल्मी, ८ जेठ

सगरमाथा इन्सोरेन्स कम्पनी गुल्मी शाखाले पहिलो पटक कोरोना भाइरस बिरुद्धको बिमा सुरु गरेको छ । कम्पनीले मैत्री सहकारी संस्थाका ४० जना कर्मचारीहरुको एक लाख बराबरको बिमा गरेको हो । बिहिबार सहकारीको तर्फबाट कार्यकारी प्रमुख अर्जुन प्रसाद आचार्यले कर्मचारीहरुको बिमा गरेका हुन् । कोरोना संक्रमण जिल्लामा समेत देखिएकाले काम गर्ने कर्मचारीहरुको बढि जोखिममा पर्ने भएकाले बिमा गरिएको आचार्यले बताए । कम्पनीले कोरोना बिरुद्धको एक लाख बराबरको बिमा प्रति व्यक्ति एक्लैले लिन परेमा बार्षिक एक हजार, परिवार वा संस्थाहरुले लिन परे प्रति सदस्य बार्षिक ६ सय तिर्नुपर्ने व्यावस्था रहेको कम्पनीको शाखा प्रमुख रमेश अधिकारीले जानकारी दिए । त्यस्तै ५० हजार बराबरको बिमा प्रति व्यक्ति लिन परेमा बार्षिक पाँच सय र परिवार वा सस्थाको हकमा प्रति सदस्य तीन सय बुझाउनु पर्ने अधिकारीले बताए । उनले यो बिमा लेख बिमा कम्पनीद्धारा नयाँ बनाइएकाले बिमा गरेर जोखिम कम गर्न सवैलाई आग्रह गरे ।

0
Shares

Comments

comments

छुटाउनु भयो कि ?

...

इस्माले अलपत्र परेकाको कोठा भाडा तिर्ने : गाउँ आउने २ सर्त

टोपलाल अर्याल गुल्मी, १६ बैशाख टोपलाल अर्याल गुल्मी, १६ बैशाख इस्मा गाउँपालिकाले लकडाउनका कारण अलपत्र परेकाहरुको खाने बस्ने व्यावस्था गर्ने भएको ...

दशै तिहार विदामा पुग्नैपर्ने सत्यवती

लेखक : जितु तरामु मगर यतिवेला नेपालमा चार्डपर्वको सिजन चलिरहेको छ । शहर रित्तिने र गाउँघर भरिने यो समयमा सरकारी तथा गैर सरकारी क्षेत्रका विभिन्न संघ ...

सविधान संशोधन नभए सरकार छाड्छौः अशोक राई

सीता भण्डारी गुल्मी असोज ११, समाजवाटी पाटीका वरिष्ठ नेता अशोक कुमार राईले सविधान संशोधन नभएर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन । सविधान ...

तपाईं को प्रतिकृया दिनु होला

Your email address will not be published. Required fields are marked *


error: Content is protected !!