सविधान संशोधन नभए सरकार छाड्छौः अशोक राई

Lumbinikhabar Online

सीता भण्डारी
गुल्मी असोज ११, समाजवाटी पाटीका वरिष्ठ नेता अशोक कुमार राईले सविधान संशोधन नभएर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन । सविधान संशोधन गर्ने प्रतिवद्धता सहित आफुहरुले सरकारलाई समर्थन गरेको भन्दै उनले अहिले सरकारलाई दिएको समर्थनमा आफ्नो पाटी धर्मसकंटमा परेको बताएका छन । समाजवादी पाटी गुल्मीको समायोजन घोषणा सभामा गुल्मी आएका नेता राईले शनिवार पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । सविधान सशोंधन हुन्छ भन्ने पूर्ण विश्वासका साथ हिजो समाजवादी पाटीले केपी अली नेतृत्वको सरकालाई समर्थन गरेको हो राईले भने“तर अहिले प्रधानमन्त्री ज्युले सविधान सशोधनको कुरालाई त्यती वास्ता नगरेकाले सरकारलाई साथ दिने कि वाहिरीने भन्नेमा हाम्रो पाटी धर्मसकंटमा परेको छ ।” उनले प्रधानमन्त्री केपी शर्मा वलीले हिजो समाजवादी पाटीसगँ गरेका भद्र सहमती र केही वोलेका कुराहरु पुरा नगरेको समेत आरोप लगाए ।

पुर्वमन्त्री समेत रहेका राई सविधान जारी गर्ने समयमा सहधागी भएका विभिन्न राजनितीक दलहरुले पनि सविधान सशोधनको पक्षमा रहेकाले सविधान सशोधन अनिर्वाय गर्नुपर्ने बताए । सविधानमा उल्लेख गरिएका केही विषयवस्तूहरु अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेका छैनन राईले भने“ हामी सविधानमा स्पष्ट उल्लेख गरेका विषयवस्तुहरु कार्यान्वयन गदै जनतालाई अधिकार सम्पन्न बनाएर सविधान संशोधनको पक्षमा सदन र सडकमा सविधान संशोधनको गितले तताउछौ ।” के विषयमा सविधान संशोधन आवश्यक देख्नु भएको छ त भन्नै पत्रकारहरुको जिज्ञाशामा नेता राईले एक तिहाई महिलाहरुको बहुमतका आधारमा सरकार गठन, पहिचान सहितको सघंीयता, भाषिक विवेद, सासकीय स्वरुप,कार्यकारी राष्ट्रपति,समानुपातीक निर्वाचन प्रणलीका लागि पनि सविधान संशोधन अति आवश्यक रहेको बताए । सविधान संशोधन भएन भने अव समाजवादी पाटीले सरकारलाई धेरै समय साथ दिने नसक्ने बताए । पछिल्लो समय सरकारसगँ जनताहरुको वढ्दै गएको निराशा र असन्तुष्टीप्रति आफ्नो पार्टी एकदम चिन्तित र अप्ठारोमा परेको बताए । सघं र प्रदेश सरकारका अधिकारका सुचीहरुलाई स्पष्ट पादै स्थानीय सरकारलाई विकास र निमार्णको क्षेत्रमा पुरै अधिकार सम्पन्न गराउनु पर्नेमा उनको जोड थियो । अहिले विभिन्न अधिकार र कार्य क्षेत्रहरुका वारेमा केन्द्र, प्रदेश र स्थानीय सरकारका विचमा धेरै समस्या र विवाद रहेकाले सवैको क्षेत्र अधिकार स्पष्ट वनाएर अगाडि बढ्नुपर्ने उनको भनाई रहेको छ ।

Comments

comments