आइतवार, अशोज ४, २०७७
Himalayan Social Journey

दिवस थाम्ने कर्मचारी : पुच्छर बन्ने दल

  • शनिबार, अशोज ४, २०७६

लेखक : टोपलाल अर्याल

संविधान दिवस । कर्मचारी, सुरक्षाकर्मी र शिक्षक–शिक्षिकाको लामालस्कर । प्रभातफेरीको बीचमा एक्लो वकुल्ला । लाइन छुटेको मालचरी जस्तै । कठै मन भाँचिएर जन्त हिडे जस्तो । पटक्क नसुहाउने । कर्मचारीको बिचमा दल हराएको । व्यावस्था परिवर्तन गर्न कराउने अनि उत्सव मनाउन डराएको ? यो पारा सहन नसकेरै होला लाँकुरी ढलेको ।

संविधान दिवसको दिन । बिहान ७ बजे । अगाडी हाकिम साप पछाडी लस्कर कर्मचारी । जिल्ला प्रशासन गेटमा । कर्मचारीको राम्रै उपस्थिती रह्यो । सोचे कार्यक्रममै हाजिरी भनिएको छ । त्यसैले कुदे सवैजना । नत्र बिगतका दिवसमा टाउका गनिएको हो । दल खै ? सवैले भन्थे । मैले भने उनीहरुको हाजिर हुँदैन् । हुल कर्मचारीले हाँस्दै जवाफ फर्काउँथे, व्यावस्था उनीहरुलेनै ल्याएको हो ।

म गम्भीर भए । कसले हैन भन्यो । लाँकुरी ढल्यो तर इतिहास साँची छ । यो व्यावस्था दल र कार्यकर्ताकै बलिदानीको उपज हो । दलले बिर्सेको मात्रै हो । त्यो दिन । कार्यक्रर्ताले सम्झेको मात्रै हो । योे दिन । किन आएनन दल ? किन आएनन कार्यकर्ता ? यो दिन उत्सव की तिथि । खएर प्रश्न आउला । मञ्चमा भाषण ठोक्ने दिनेश पन्थी, बिष्णु बलाल, कृष्ण सुनार को ? जनप्रतिनिधी कहाँबाट निर्वाचित ? सहि हो ।

मेरो प्रश्न । दल किन एक्लै आउँछन् । किन उत्साहले भरिएनन्, लोकतन्त्र, गणतन्त्र र संविधान दिवस । खै हिम्मत गरेको कार्यकर्ताले चिदिचौर भर्ने । किन भनिएन, गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ । नेता ज्यू जनता परिवर्तनका बली मात्रै हुन् । अरुको खुसीमा मौलो चढ्ने । अहिले अर्को शंका देखे । दिवस पनि पक्ष र प्रतिपक्ष हुँदो रहेछ । तम्घासमै पञ्चेवाजा सहित प्रभातफेरी हुँदा धेरैले झ्यालबाट हेरे ।

संविधान ल्याउन महत्वपूर्ण भुमिका खेल्ने नेपाली कांग्रेस पार्टी जागरणमा अर्जे पुग्यो । दिवस तपशिलका कुरा भए । वाल मन्दिर प्रतिनिधीमूलक बनायो । दुई तिहाईको नेकपा । सत्ता मोहमै सिमित । त्यसैले औपचारिकताकै गोल चक्करमा दिवस पर्ने गरेका छन् । यो रोग सरुवा हो । केन्द्रदेखि गाउँसम्म संक्रमण छ । व्यानरले मान्छे ढाकिने स्थानीय तहका दिवस पनि संजालमा छरपष्ट छन् ।

दिवसमा उपस्थित हुन पत्र चाहिने । हाजिर चाहिने । कस्तो बिडम्बना । उत्सव मनाउन कार्यकर्ता स्वतस्फूर्त किन सडक आएनन् ? दलले सोच्ने बिषय होे । हामी किन औपचारिकता र निम्तो खोजेका छौ सवैले मनन गर्नुपर्ला । एक नेता ५० कार्यकर्ता, एक जनप्रतिनिधी २० कार्यकर्ता किन भनिदैन् । आन्दोलनमा बस्ती उठाउने दल उत्सवमा किन टुहुरो बनेर आउँछ । कार्यक्रममा आफै न्यास्रो मान्ने दल । किन पुर्व तयारी गर्दा औपचारिकताबाट उम्कने । त्यो आगामी समिक्षाको बिषय हो ।

शुभकामना ।
आउने दिवस तथा उत्सवमा । सिडियो सापकोपछि कर्मचारी, एसपी, डिएसपी र मेजर सापकोपछि सुरक्षाकर्मी, हेड सरकोपछि शिक्षक–शिक्षिकका र बिद्यार्थी भए जस्तै दल र जनप्रतिनिधीकोपछि सयौ कार्यकर्ता देख्न पाइयोस् । कलम टोकेर घरमै बस्ने पत्रकार, बाटो ढुक्ने व्यावसायी, चोकमा कुरा काट्ने चोके डन, राष्ट्रका गहना ठान्ने कलाकार र अगुवा भन्ने नागरिक समाज सडक झर्नुपर्छ ।

0
Shares

Comments

comments

छुटाउनु भयो कि ?

...

इस्माले अलपत्र परेकाको कोठा भाडा तिर्ने : गाउँ आउने २ सर्त

टोपलाल अर्याल गुल्मी, १६ बैशाख टोपलाल अर्याल गुल्मी, १६ बैशाख इस्मा गाउँपालिकाले लकडाउनका कारण अलपत्र परेकाहरुको खाने बस्ने व्यावस्था गर्ने भएको ...

दशै तिहार विदामा पुग्नैपर्ने सत्यवती

लेखक : जितु तरामु मगर यतिवेला नेपालमा चार्डपर्वको सिजन चलिरहेको छ । शहर रित्तिने र गाउँघर भरिने यो समयमा सरकारी तथा गैर सरकारी क्षेत्रका विभिन्न संघ ...

सविधान संशोधन नभए सरकार छाड्छौः अशोक राई

सीता भण्डारी गुल्मी असोज ११, समाजवाटी पाटीका वरिष्ठ नेता अशोक कुमार राईले सविधान संशोधन नभएर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन । सविधान ...

तपाईं को प्रतिकृया दिनु होला

Your email address will not be published. Required fields are marked *


error: Content is protected !!