इस्माका तीन वडामा घाँसका नर्सरी स्थापना

Lumbinikhabar Online

लुम्बिनी खबर डट.कम
गुल्मी, १७ पुस

इस्मा गाउपालिकाका विभिन्न स्थानमा घाँसका नर्सरीहरु स्थापना गरिएको छ । गाउँपालिकालाई बाख्राको स्रोत केन्द्रको रुपमा विकास गर्न नर्सरीहरु स्थापना गरिएको हो । इस्मा गाउँपालिकाको समुदायीक बिकासका लागि बाख्रा उद्यम परियोजना संचालनमा रहेको छ । कार्यक्रम लागु भएका १, २, ३ र ४ वडाहरुमा ‘एक वडा एक घाँस’ को नर्सरी बनाउने परियोजनाको कार्ययोजना रहेको थियो । इस्मा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा नव प्रभात युवा संघद्धारा परियोजना संचालनमा रहेको छ । बाख्र विकासका लागि हरेका किसानको घरदुरीमा घासको विकास प्रसस्त उपलब्ध हुनुपर्छ । अहिले वडा नं १ मा हरि खत्री, वडा नं २ मा दिपा सारु र वडा नं ४ मा कमला खत्रीले घाँसको ब्याड राखेर नर्सरी स्थापनाको काम सुरु गरेको परियोजनाका प्राविधिक संयोजक शसी भुसालले जानकारी दिए । नर्सरीमा उन्नत जातका घाँस खन्यु र निमारोको ब्याड राखेर नर्सरी स्थापनाको थालनी गरिएको भुसालले बताए । नर्सरीमा इन्दु, भटमासे, किम्बु, मेंदोला, इपिलिपि र उपलब्ध भएसम्मका विकासे घाँस नर्सरी राखिने छ । स्थानीय जातका घाँसहरु भन्दा विकासे घाँसले बढी उत्पादन दिने र पशुहरुलाई चाहिने आबश्यक सम्पूर्ण पौष्टिक तत्व प्राप्त हुने गर्दछ । जसका कारण छोटो समयमै बाख्राको वृद्धि र बिकासमा सहयोग हुने प्राबिधिक संयोजक भुसालको भनाई छ ।

Comments

comments

Tags