अस्पतालबाट बालक उद्धार गर्न खर्च जुटाउँदै डा. पच्या

Lumbinikhabar Online

लुम्बिनी खबर ब्यूरो
गुल्मी, १४ पुस
रेसुंगा नगरपालिका २ का १६ बर्षीय सुनिल विक ११ दिनदेखि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा छन् । ०७७ पुस ३ गते अटो दुर्घटनामा घाइते भएर उपचार गर्न प्रभास गएका विकलाई आइतबार अस्पतालले डिस्चार्ज गरेको हो । तर, उनी उपचार खर्च तिर्न नसकेर अझै अस्पतालमा छन् । आइतबारदेखिनै जिल्लामा सहयोग संकलन भएका छन् । आवश्यक रकम जुटेको छैन् । विपन्न परिवारको बालक उपचार खर्चको अभावमा अस्पतालमा अलपत्र परेपछि गुल्मी अस्पतालमा प्रमुख डाक्टर उत्तम पच्या भने सहयोग संकलनमा जुटेका छन् । कस्तो गज्जब ! एउटा अस्प्तालमा बालक उपचार खर्च तिर्न नसकेर अलपत्र परेका बेला अर्को अस्पतालको डाक्टर सहयोग संकलनमा जुटेको छ । यो नै हो सवैभन्दा ठुलो मानवीयता र पुण्ड कर्म । आफुलाई खबर सुन्ने बित्तिकै दुख लागेकाले लुम्बिनी मेडिकल कलेजमा केहि रकम छुट गर्नेदेखि सहयोग संकलनमा लागेको पच्याले बताए । उनले आफैले २ हजार र अन्य स्टाफहरुबाट गरेर बच्चाको लागि १० हजार संकलन गरेको बताए । ‘कल्याणकारी काममा कसैले कन्जुस्याँइ गर्नुहुँदैन,’उनले भने,‘सानो सहयोगले बिपन्न परिवारलाई ठुलो सहयोग पुग्छ ।’ संकलन गरिएको रकम जिल्ला प्रशासन कार्यलयमा बुझाइने पच्याले बताए ।

Comments

comments

Tags