नेकपा बिभाजनमा गुल्मीको अंक गणित : सवै तहमा प्रचण्ड–नेपालकै पकड

Lumbinikhabar Online

लुम्बिनी खबर व्यूरो
गुल्मी, १३ पुस

नेपाल कम्युनिष्ट पार्टी नेकपा (माधव–प्रचण्ड) समुह गुल्मीको सचिवालय वैठकले असंबैधानिक रुपमा गरिएको संसद बिघटनको बिरोध गरेको छ । तम्घासमा आयोजना गरिएको बैठकमा बोल्दै पार्टीका प्रदेश कार्यालय सदस्य तथा सामाजिक विकास मन्त्री सुर्दशन बरालले संसद विघटन असंबैधानिक र आत्मघाती भएकाले कदमको बिरोधमा उत्रनुको बिकल्प नभएको बताए । उनले जनताले स्थिरता र विकासको पक्षमा दिएको दुईतिहाईको विश्वास प्रधानमन्त्रीले बिघटन गरेको बताउँदै एकिकृत कम्युनिष्ट आन्दोलन बचाउन नेता कार्यकर्ता सचेत भएर आन्दोलनमा जुटनुपर्नेमा जोड दिए । नेकपाका नेता सोमनाथ सापकोटाले संसद विघटन र पार्टी विभाजन दुखद भएको बताउँदै सवैलाई समालिएर अगाडी बढ्न आग्रह गरे । अर्को नेता शेषकान्त गौतमले पार्टी एकता बचाउन नेतृत्वलाई दवाब दिनुको विकल्प नभएको औल्याए । बैठकमा नेकपाका नेता लक्ष्मण बिष्ट, भुपाल पोख्रेल र गणेश श्रीपालीले असंवैधानिक संसद बिघटन र पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्नेमा जोड दिए । बैठकले नेकपाका नेता बोम खड्काको निधनप्रति दुख व्यक्त गरेको छ । त्यस्तै पार्टी केन्द्रले गरेका आन्दोलनका कार्यक्रमलाई जिल्लामा अगाडी बढाउने र पार्टीमा देखिएको अकल्पनीय संकटमा धैर्य र संयम रहदै एकिकृत कम्युनिष्ट आन्दोलन बचाउन अपिल गर्ने निर्णय गरेको छ । बैठक पार्टी सचिव विर बहादुर कार्कीको अध्यक्षता र नेता हिरा एसीको संचालनमा सम्पन्न भएको थियो ।
केपी भर्सेज प्रचण्ड माधव (गुल्मी)
गुल्मीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्ष बलियो देखिएको छ । जिल्लाबाट नेकपाको केन्द्रिय कमिटी र प्रदेश कमिटीमा प्रधिनिधित्व गर्ने, प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएका पदाधिकारीहरु तथा नेकपाबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने तथा स्थानीय तहमा पार्टीको तर्फबाट नेतृत्व गर्ने व्यक्तिहरुको आधारमा जिल्लामा प्रचण्ड नेपाल पक्ष बलियो देखिएको हो । पार्टीको केन्द्रिय कमिटीमा जिल्लाबाट चारजनाले प्रनिधित्व गर्छन् । जसमध्ये गोकर्ण विष्ट, दिनेश पन्थी र रामकुमारी झाँक्री गरी तीनजना प्रचण्ड नेपाल पक्षमा छन् भने प्रदिप ज्ञवाली एक्लै ओली पक्षमा रहेको नेकपाका लुम्बिनी प्रदेश कमिटी सदस्य युवराज केसीले जानकारी दिए । जिल्लाबाट चारजना संघीय सासंद रहेका छन् । जसमध्ये गोकर्ण विष्ट र रामकुमारी झाँक्री प्रचण्ड पक्ष र प्रदिप ज्ञवाली र मैना भण्डारी ओली पक्षमा रहेका छन् । नेकपाको लुम्बिनी प्रदेश कमिटीमा गुल्मीका ११ जना छन् । जसमध्ये आठजना प्रचण्ड–नेपाल पक्षमा छन् । दुईजना ओली पक्षमा रहेका छन् भने एकजना तटस्थ देखिएका छन् । युवराज केसी, बुद्धि जिसी, निकलण्ठ गौतम, लिला थापा, सुदर्शन बराल, बिर बहादुर कार्की, निम बहादुर केसी र गणेश विश्वकर्मा प्रचण्ड पक्षमा छन् । त्यस्तै मधुकृष्ण पन्थ र मैना भण्डारी ओली पक्षमा देखिएका छन् भने नर्मदा भण्डारी तटस्थ रहेकी छिन् । गुल्मीबाट कुल पाचँ जना लुम्बिनी प्रदेश सभा सदस्य छन् । जसमध्ये दिनेश पन्थी, सुदर्शन बराल र गिता थापा गरी तीनजना प्रचण्ड पक्षमा छन् भने खड्ग केसी र कमलराज श्रेष्ट ओली पक्षमा रहेका छन् ।
स्थानीय तहका अध्यक्ष र उपाध्यक्षहरुमध्ये १३ जना प्रचण्ड नेपाल पक्षमा छन् भने एकजना मात्रै ओली पक्षमा देखिएका छन् । भने दुईजना तटस्थ रहेका छन् । रेसुङ्गा र मुसिकोट नगरपालिका, इस्मा, मदाने र मालिकाका अध्यक्ष–उपाध्यक्ष, धुर्कोट गाउँपालिका अध्यक्ष, रुरुक्षेत्र गाउँपालिका अध्यक्ष तथा चन्द्रकोट गाउँपालिका उपाध्यक्ष प्रचण्ड नेपाल पक्षमा देखिएका छन् । स्थानीय तहबाट गुल्मीमा छत्रकोट गाउँपालिकाका अध्यक्ष एकजना मात्रै ओली खेमामा लागेका छन् । छत्रकोट र रुरुक्षेत्र गाउँपालिका उपाध्यक्षहरुको बारेमा अझै खुलेको छैन । जिल्ला समन्वय प्रमुख लक्षमण पराजुली प्रचण्ड पक्षमा छन् भने उप प्रमुख तुलसी देवी श्रेष्ट ओली पक्षमा देखिएकी छिन् । जिल्लाका ९३ मध्ये .. वडामा नेकपाका वडाध्यक्ष छन् । जसमा सबै वडाध्यक्षहरुको प्रचण्ड वा ओली पक्ष भन्ने खुलेको छैन । तर दुवै समुहले आफ्नो पक्षका वडाध्यक्षहरु बढी रहेको दाबी गरेका छन् । नेकपा गुल्मीमा सात सदस्यिय जिल्ला कार्यालयको समुह छ । जसमा पार्टी सचिव विर बहादुर कार्की, भुपाल पोखरेल, हिरा एसी र ज्ञान कुमार बुढा मगर गरी चारजना प्रचण्ड नेपाल पक्षमा छन् भने पार्टी अध्यक्ष मधुकृष्ण पन्थ, बालसिहहं काउछा र कृष्ण सुनार गरी तीनजना ओली पक्षमा छन् ।
नेकपा गुल्मी जिल्ल कमिटी ४९ सदस्यिय छ । जसमा ३० जना प्रचण्ड पक्षका १९ जना ओली पक्षमा रहेका प्रचण्ड पक्षका नेता युवराज केसीले जानकारी दिए । त्यस्तै १४६ जनाको जिल्ला कमिटीमध्ये एक सय भन्दा बढी प्रचण्ड पक्ष र ४६ जना ओली पक्षमा छन् । तर ओलीपक्षमा रहेका केही सदस्यहरु भने पार्टीको आधिकारिक नाम र सूर्य चिन्हका आधारमा संस्थापन पक्षमा लाग्ने नेता केसीले दाबी गरे । नेकपाले जिल्लाका सबै पालिकामा इन्जार्च सहित अध्यक्ष र सचिव तोकेको थियो । जसमध्ये ६ पालिकाका इन्चार्ज प्रचण्ड–नेपाल पक्ष, ४ पालिकाका इन्चार्ज ओली पक्ष तथा दुई पालिकाका पार्टीका इन्चार्ज न्यूटल देखिएका छन् । नेकपा रेसुङ्गा नगरालिकाका इन्चार्ज अशोक कुमार थापा, चन्द्रकोट गाउँपालिकाका इन्चार्ज चित्र बहादुर के.सी., गुल्मी दरबार गाउँपालिकाका इन्चार्ज यम बहादुर पाण्डे, कालिगण्डकीका इन्चार्ज तेजेन्द्र सलामी मगर, मदाने गाउँपालिकाका इन्चार्ज वेगम चन्द र मालिका गाउँपालिकाका इन्चार्ज ज्ञान कुमार बुढा मगर प्रचण्ड पक्षमा रहेका छन् । छत्रकोट गाउँपालिका इन्चार्ज विष्णु पौडेल, रुरुक्षेत्र गाउँपालिकाका इन्चार्ज हिमाल श्रेष्ट, सत्यवती इन्चार्ज अमर सिंजापती तथा धुर्कोट इन्चार्ज कृष्ण घिमिरे ओली पक्षमा रहेका छन् । भने मुसिकोट नगर इन्चार्ज जिवन खरेल र इस्मा गाउँपालिकाका इन्चार्ज दल बहादुर विक तटस्थ रहेका छन् । १२ ओटै पालिकामा नेकपाका अहिले रहेका अध्यक्ष र सचिवमध्ये पनि सात अध्यक्ष र १० सचिव प्रचण्ड नेपाल पक्षमा देखिएका छन् । जसमध्ये नेकपा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष सिर्जना तरामु र सचिव प्रेम पराजुली, छत्रकोटका अध्यक्ष रामप्रसाद पाण्डे, रुरुक्षेत्रका सचिव नारायण पौडेल, कालिगण्डकी गाउँपालिकाका सचिव मोहनिलाल भट्राई, इस्माका अध्यक्ष नारायण पैँयानी र सचिव बसन्त सुनार प्रचण्ड पक्षमा देखिएका छन् । त्यस्तै नेकपा मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्याल, सचिव बसन्त सुनार, मदाने गाउँपालिकाका अध्यक्ष प्रेम केसी, सचिव झविन्द्र घर्ती, धुर्कोट गाउँकमिटी अध्यक्ष गोपाल कुँवर र सचिव चन्द्र विक, मुसिकोट नगरकमिटी अध्यक्ष खुम बहादुर थापा र सचिव अग्निधर लोहनी प्रचण्ड नेपाल पक्षतर्फ देखिएको नेकपा गुल्मीका सचिव विर बहादुर कार्कीले जानकारी दिए ।
नेकपा गुल्मीदरबार गाउँकमिटी अध्यक्ष अध्यक्ष विष्णु गौतम, रुरुक्षेत्र गाउँकमिटी अध्यक्ष हिमाल श्रेष्ठ र कालिगण्डकी गाउँकमिटी अध्यक्ष ओली पक्षतर्फ देखिएका छन् । नेकपा सत्यवती गाउँकमिटी अध्यक्ष ठगप्रसाद ज्ञवाली, छत्रकोट गाउँकमिटी सचिव पिताम्बर, रेसुङ्गा नगरकमिटी सचिव धर्म विश्वकर्मा र रुरुक्षेत्र गाउँकमिटीका अध्यक्ष चक्रपानी गौतम तटस्थ देखिएका छन् । नेकपानिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूमा गुल्मी जिल्लाबाट दुईजना केन्द्रिय सदस्य छन् । जसमा घनश्याम गौतम प्रचण्ड नेपाल पक्ष तथा काशीँराम पाण्डे ओली पक्षमा रहेका छन् । अनेरास्ववियूको २५ सदस्यिय जिल्ला कमिटीमध्ये संयोजक राजेन्द्र विक्रम कुँवर, सह–संयोजक भरत चन्द सहित २२ जना प्रचण्ड पक्षमा रहेका छन् । भने तीनजना ओली पक्षमा रहेका छन् । त्यस्तै राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी गुल्मीका संयोजक मोहन प्रसाद पाण्डे ओली पक्षमा छन् भने सह–संयोजक नारायण चन्द प्रचण्ड पक्षमा रहेका छन् ।

Comments

comments

Tags