प्रहरीमा नौ डिआईजीे बढुवाको तयारी

Lumbinikhabar Online

लुम्विनी खवरडटकम
काठमाडौ १७ मसिंर
नेपाल प्रहरीमा प्रहरी नायव महानिरिक्षक डिआईजीको बढुवाको तयारी थालिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढुवाको सिफारिस गरिएसँगै प्रहरी नायब महानिरीक्षक डीआईजीको बढुवाको तयारी थालिएको हो । सोमबार गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा गर्न सिफारिस गरिसकेको छ । अहिले नेपाल प्रहरीमा ८ डिआईजीको दरवन्दी रिक्त रहेको छ । साथै एकहप्तापछि विश्वराज पोखरेल पनि एआईजीमा बढुवा हुनेभएकाले ९ जना डिआईजीको दरवन्दी रिक्त हुनेछ ।
डीआईजीका लागि ९ दरबन्दी रिक्त्त हुने भएपछि प्रहरी वरिष्ठ उपरीक्षक ९ एसएसपीहरु डिआईजी वन्ने पक्का छ । आंकाक्षीहरुले लबिङ पनि शुरु गरिसकेका छन । सरकारले कात्तिकमा ५ जना डीआईजीको दरबन्दी थप गरेको थियो । यस्तै अहिलेका प्रहरी प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याजी हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीको एआईजीमा बढुवा भएसँगै तीन सिट खाली थियो । डीआईजीका लागि प्रहरी महानिरीक्षक क्षेत्रीकै ब्याचका टोलीसहित ११ चैत २०४९ र ५ चैत २०५१ मा प्रहरी निरीक्षकमा भर्ना भएको टोली प्रतिस्पर्धामा रहेका छन । क्षेत्रीका ब्याचका १४ जना एसएसपी डीआईजी बढुवाको प्रतीक्षामा छन् । गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दीलिपकुमार चौधरी, राजेशलाल कर्ण, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रञ्जितकार, नरोत्तमलाल प्रधान, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोर दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ डीआईजी बढुवाका प्रतिक्षमा रहेका दाबेदार हुन् । यस्तै ११ चैत २०४९ मा भर्ना भएका क्षेत्रीको वैकल्पिक ब्याचका एसएसपीहरुमा सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री, मसाउद अलाम खाँलगायत पर्छन् ।
५ चैत २०५१ मा भर्ना भएका निरीक्षकहरुको टोली पनि एसएसपीबाट डीआईजीमा बढुवा हुन लागि परेको छ । एसएसपी सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल पनि बढुवाका लागि लविङमा छन ।

Comments

comments

Tags