अस्लेवामा एक घर, एक धारा पुग्यो

Lumbinikhabar Online

लुम्विनी खवरडटकम (डेक्स)
गुल्मी १५ मसिंर
सत्यवती गाउँपालिका १ अस्लेवाका १ सय ९४ घरमा ‘एक घर, एक धारा पुगेको छ । लामो समयको प्रतिक्षापछि अस्लेवामा एक घर एक धारा विस्तार भएको हो । साविकको अस्लेवा ५, ६ र ७ मा खानेपानी तथा सरसफाइ आयोजना मार्फत यहाँका नागरिकको ‘एक घर, एक धारा’को चाहना पूरा भएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले १ करोड ९६ लाख ४२ हजार ७ सय ९८ रुपैयाँको लागतमा आयोजना दुई वर्षमा निर्माण सम्पन्न भएको हो । अस्लेवाकी ६३ वर्षीया जुनमाया अधिकारीले आगँनमै यसरी पानीको धारा आउला भन्ने सपनामा पनि नसोचेका कुरा आज पुरा भएको बताईन । आफुहरुले पानी वोक्दा हड्डी खिइएको भएपनि छोरा नातीका पालामा घरमै धारा आएपनि धेरै खुसी लागेको बताईन । अस्लेवाकै ७७ वर्षीया दुर्गादेवी पाण्डे पनि घरमै पानी आएपछि खुसी भएको बताईन । पाण्डेका अनुसार घरमै खानेपानी पर्याप्त आएपछि सरसफाई, तरकारी, घरको काम र गोठमा समेत सहज तरिकाले काम गर्न भ्याएको बताईन ।
यो आयोजना सत्यवती गाउँपालिका १ को सबैभन्दा ठूलो खानेपानी आयोजना भएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका इन्जिनियर प्रकास न्यौपानेले जानकारी दिए । यो योजना सत्यवती गाउँपालिकाभित्रको सवैभन्दा ठुलो योजना हो न्यौपानेले भने“ योजना सम्पन्न गर्नका लागि सहयोग गर्ने गाउँपालिकाको टिम लगायत उपभोक्ता सवैलाई धन्यवाद दिन चाहान्छु ।” आयोजनाको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उद्घाटन गरेका छन । उद्घाटन गर्दै ज्ञवालीले खानेपानीको समस्या भएका नागरिकहरुले लामो समयसम्म काकाकुल भएर बस्नु नपर्ने बताए । स्थानीय तहको निर्वाचनअघि भद्रगोल रहेको खानेपानी समस्याको व्यवस्थापनमा सत्यवती गाउँपालिकाका जनप्रतिनिधि कस्सिएपछि घरघरमा पानी पुगेको हो । २०७४ सालमा भएको निर्वाचनमा तीनै तहका उम्मेदवारको प्रमुख चुनावी नारा ‘एक घर, एक धारा’ थियो । यस अभियानसँग हरेक नागरिकको भावना जोडिएकाले आफूहरूले धेरै काम गरिरहेको सत्यवती गाउँपालिका १ का वडा अध्यक्ष भीमलाल पाण्डेयले बताए ।

Comments

comments

Tags