तिनाउ–दानव करिडोर शिलान्यास

Lumbinikhabar Online

लुम्विनी खवर ( डेक्स)
मसिंर १० वुटवल

तिनाउ–दानव करिडोर सडकको शिलान्यास गरिएको छ । रुपन्देही लगायत ल्ुम्बिनी प्रदेशकै आर्थिक र पर्यटन विकासको एक महत्वपूर्ण आयोजनाको रपमा हेरिएको तिनाउ–दानव करिडोर सडकको आज एक कार्यक्रमका विच शिलान्याश भएको हो । आयोजनाको नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले बुटवलको मगरघाटमा शिलान्यास गरेका हुन ।

सडकको शिलान्यास गदै अर्थमन्त्री पौडेलले तिनाउ–दानव कोरिडोर सडक आयोजनाले रुपन्देही जिल्लाको आर्थिक र पर्यटकीय विकाससगै लुम्बिनी प्रदेशको समेत विकासमा एक महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले सडक निमार्णका क्रममा केही वस्तीहरुलाई ब्यवस्थित रुपमा अन्य स्थानमा स्तान्तरण समेत गर्नुपर्ने बताए । दुई नदीको किनारै किनारवाट महत्वपूर्ण यो सडक वन्न लागेको छ मन्त्री पौडेलले भने“ सडक निमार्ण गर्दा केही बस्तीहरुलाई सुरक्षित स्थानमा वसाई सार्ने काम सरकाले गर्छ, आम नागरिकको सुरक्षित बसोवासको जिम्मा सरकाले लिन्छ ।” तिनाउ र दानव नदीको किनारै किनार भएर निमाणर््ा हुन लागेको उक्त सडकले बुद्धको जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुदै छिमेकी मुलुक भारत जोडने छ । उक्त सडक निमार्ण गर्नका लागि करिव ४ अर्ब १३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । तिनाउ–दानव करिडोर निमार्णका लागि चालु आर्थिक बर्षका लागि संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । दुवै नदीको वारी र पारीपट्टी ७ मिटरका दरले दुई लेन सडक बन्नेछ । पहिलो चरणमा तिनाउ नदीको ३५ किलोमिटर र दानव नदीको १५ किमिमा सडक निर्माण हुने बताइएको छ । पहिलो चरणको कामका लागि किराँतेश्वर मैनाचुली अविसा जेवी र लामा बानियाँ जेवीले सर्भेको काम थालेको छ । सडक डिभिजन कार्यालय वुटवलका अनुसार गौतम वुद्धको जन्मस्थल लुम्बिनी पुग्न झण्डै १० किलोमिटर दुरी छोटो हुनेछ । सडक निर्माणका क्रममा करिब सात सय घरधुरीलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने छ ।

 

 

Comments

comments

Tags