ठुला सभा गर्ने मञ्च र बसपार्क भवन बने शौचालय : सदरमुकामै लाखौका शौचालय अलपत्र

Lumbinikhabar Online

लुम्बिनी खबर सवाददाता
गुल्मी, ९ मंसिर

बिधी र व्यावस्थापन नहुँदाको असर चिदिचौरको मञ्चले देखाएको छ । ठुला सभा र कार्यक्रम हुने मञ्च । त्यहि मञ्चमा प्रधानमन्त्रीदेखि नेता कार्यक्रर्ताले भाषण ठोकेका छन् । मञ्चको तल्लो तल्लामा शौचालय छ । सुरुबाटै व्यावस्थापन भएन । अहिले पस्न सकिदैन् । एक छेउको कोठा केहि व्यावस्थापन गरेर आइसोलेसनका कर्मचारीले प्रयोग गर्छन् । मञ्चको सिसिङ सवै तोडफोड भएको छ । भित्र कोठाहरु दिसापिसाब र फोहोरले भरिएको छ । मुख्य बजारमा सार्वजनिक शौचालय नहुँदा चौरमा बस्नेहरुले लुकेर मञ्चमा दिसापिसाब गर्ने गरेका कारण दुर्गन्ध बढेको छ ।
शहिचोकमा शौचालय निर्माण गरेको करिव १० बर्ष पुगे । तर, सरसफाई र नियमित संचालनको व्यावस्थापन नहुँदा सर्वसाधरणले प्रयोग गर्न पाएका छैनन् । तत्कालिन जिल्ला विकास समिति र तम्घास गाविसको लाखौ रकम खर्चेर बनाएको सार्वजनिक शौचालय प्रयोगबिहिन छ । पाल्पाली फेन्सी स्टोर्सका संचालक देवराज पाण्डेयले सदरमुकामकै संरचनामा राज्यको लगानी बालुवामा पानी बनेपछि दुरदराजको अवस्था कस्तो होला भनेर दुख पोखे । अर्घाखाँची बसपार्क पुतली बजारमा तीन बर्ष अघि निर्माण गरिएको शौचालय पनि संचालनमा छैन । स्थानीयका अनुसार त्यो शौचालय करिव १३ लाखमा निर्माण गरिएको हो । तर, संचालन नहुँदै शौचचालयको आधा भाग चर्किएर भत्किन ठिक्क छ । निर्माण भएको तीन बर्षसम्म शौचालय संचालनको बिषयमा नगरपालिकाले कुनै पहल नगरेको अर्घाखाँची बसपार्क सरसफाई समिति संयोजक दिपक आचार्यले गुनासो गरे ।गुल्मी क्षेत्र नं २ को मुख्य व्यापारीक क्षेत्र उदिनढुङा हो । त्यो संगै बसपार्क पनि छ । ठुलो क्षेत्रका नागरिक र सवारीसाधन आवतजावत गर्ने उदिनढुङामा कुनै सार्वजनिक शौचालय छैन् । दैनिक सयौ गाडी बसपार्कमा हुन्छन् । त्यो भन्दा तेब्बर संख्या मानिसको हुन्छ । तर, दिसा पिसाब लागे होटल वा गोप्य पिछाड खोज्नुपर्ने बाध्यता रहेको इस्मा गाउँपालिका ४ दोहलीका सवारी चालक दामोदर बस्नेतले गुनासो गरे । त्यस्तै मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा यात्रुसंगै सरकारी कार्यालय आउने सेवाग्राही र बजारमा किनमेल गर्ने ग्रहाकहरु मर्कामा परेका छन् । सवै सरकारी कार्यालयको शौचालयमा सेवाग्राहीको पहुँच छैन् । कार्यालयमा लामो सयम बिताउनेहरु बढि समस्यामा छन् । भने बजार गर्न आउनेहरु पनि होटलमा नास्ताको बहाना बनाएर शौचालयको प्रयोग गर्न बाध्य छन् । भगतवति मन्दिर नजिकै पनि लेकबेसी आमा समुह र बुढाथोकी बसपार्कमा अनटेष्ट युवा क्लवले निर्माण गरेका शौचालय भने नियमित छन् । क्लब र समुहले एक÷एक जना व्यक्तिलाई शौचालय सरसफाई र हेरबिचारको जिम्मा दिएको स्थानीयले बताए ।मुख्य बजार क्षेत्रको उदिनढुङा, पुरानो बजार, लाँकुरीमञ्च र बुढाथोकी बसपार्कमा नियमित संचालन हुने सार्वजनिक शौचालयको आवश्यकता छ । बिकल्पको रुपमा क्लवले बनाएका शौचालय नियमित संचालन र सरसफाई गरे पनि केहि सहज हुने व्यावसायीहरु बताउँछन् । जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, अदालत, सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी, कृषि, वन, अस्पताल र स्वास्थ्य कार्यालय लगभग एकै ठाउँमा छन् । सेवाग्राहीको निकै भिड हुने कार्यालयहरु भएकै स्थानमा नियमित संचालन हुने सार्वजनिक शौचालय छैनन् ।
रेसुंगा नगरपालिका १ का वडाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले बजारीकरण र जनसंख्याको हिसावले सार्वजनिक शौचालयको महसुस भएकाले नयाँ निर्माण तथा पुराना व्यवस्थि तगर्ने बिषयमा छलफल भइरहेको बताए । उनले गत बर्ष थोरै बजेटमा केहि काम भएको र अहिले पनि पुन बजेट बिनियोजन भएकाले थप काम गरिने बताए ।

Comments

comments

Tags