गाउँमा तिहारको रौनक : गुल्मीको सशस्त्रलाई भने कोरोना सचेतनाको चटारो

Lumbinikhabar Online

लुम्बिनी खबर संवाददाता
गुल्मी, ३० कार्तिक
सशस्त्र प्ररी बल, नेपाल नं। ३७ गुल्म हे।क्वा। गुल्मीले कोरोना भाईरस नियन्त्रणका सचेतना अभियान थालेको छ । तिहारको अवसरमा रेसुङ्गा नगरपालिका १२ उर्लेनी चोकमा आवत(जावत गर्ने स्थानिय बासिन्दाहरुलाई ज्वरो मापन, परामर्श, साबुन पानीले हात धुने तरिका सिकाउदै मास्क वितरण गरेको छ । सशस्त्र प्ररी बल, नेपाल नं ३७ गुल्म हे।क्वा।गुल्मीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले चाडपर्वमा गाउँमा पनि नागरिकको आवतजावत बढी हुने भएकाले सचेतनामुलक कार्यक्रम थालिएको बताए । यो अभियानले केही हदसम्म भए पनि नागरिकहरुमा चेतना फैलाउने उद्धेश्य आफुहरुको रहेको बताए । गुल्मीमा पनि पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएको छ । त्यसैले नागरिक सचेत नभएसम्म कोरोनाको जोखिम न्यूनीकरण गर्न नसकिने भएकाले टोल शिक्षा थालिएको सशस्त्र प्रहरी नायव उपरीक्षक लम्सालको भनाइ छ । रेसुङ्गा नगरपालिका १२ का वडा अध्यक्ष कुल बहादुर टण्डलले नागरिकहरुलाई सचेत बनाउने यो अभियानमा स्थानियहरुको पूर्ण साथ रहने बताए । कोरोना संक्रमणको अवस्थालाई नियन्त्रणमा ल्याउन स्थानिय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकाय र स्थानिय जन प्रतिनिधिहरुसंग आवश्यक समन्वय गरी कोभिड १९ रोग रोकथाम तथा प्रतिकार्यको लागि दैनिक बजार अनुगमन ड्युटी तथा स्थानिय बासिन्दाहरुलाई सचेतनामुलक कार्यक्रम गर्दै आईरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक लम्सालले बताए।

Comments

comments

Tags