‘अझै कति सहने’ भन्दै मेलम्चीमा बलात्कारविरुद्ध प्रदर्शन

सिन्धुपाल्चोकको मेलम्चीमा अझै कति सहने समूहले बलात्कारविरुद्ध प्रदर्शन गरेका छन् ।

Lumbinikhabar Online

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्चीमा अझै कति सहने समूहले बलात्कारविरुद्ध प्रदर्शन गरेका छन् । सो समूहले बलात्कारविरुद्ध अझै कति सहने भन्दै कालो पोशाकमा मेलम्ची बजारमा प्रदर्शन गरेका हुन् ।

शनिबार अपरान्ह ३ बजे मेलम्ची बजारमा युवायुवतीले कालो लुगा लगाएर आँखामा कालो पट्टि बाँधेर बलात्कार विरुद्ध प्रदर्शन गरेको प्रदर्शनमा सहभागि नेबिसंघ नेतृ एवं अभियन्ता करिना पुरीले बताइन् ।

अभियन्ता पुरीका अनुसार प्रदर्शनकारीले बलात्कारविरुद्ध बोल लगायत कार्ड बोकेर प्रदर्शन गरेका थिए । आज देशभर यो समूहले बलात्कार विरुद्ध प्रदर्शन गरेको छ । यो समूहले कानुन परिवर्तनको सातवटा माग राखेको छ ।

जबरजस्ती करणीमा हदम्याद नलाग्ने व्यवस्था, जबर्जस्ती करणी कसुर भए कम सजाय तोक्न नमिल्ने व्यवस्था, राष्ट्रपतिद्धारा यस कसुरमा माफी, मुल्तवी, कम सजाय दिन नमिल्ने व्यवस्था गर्ने, कम सजाय हटाई १८ वर्ष मुनिकालाई जन्मकैद र १८ वर्ष माथिकालाई आजीवन कारावास, करणी सम्बन्धी कानुनमा महिला शब्द हटाइ व्यक्ति र बालिका शब्द हटाइ बालबालिका शब्द राख्ने, अदालती प्रक्रिया सुरु नभए सम्म राष्ट्रिय महिला आयोग र मानव अधिकार आयोगका १/१ प्रतिनिधि हरबखत रहन सक्ने गरी कानुनी व्यवस्था मिलाउने, कुनै प्रमाण नष्ट गरेमा वा लापरवाही गरेमा दण्डको व्यवस्था गर्ने ।

पछिल्लो समय बलात्कारका घटना हुने र दोषीले सजाय नपाउने अवस्था सिर्जना भएपछि यो समूह सक्रिय रहँदै आएको छ ।

Comments

comments

Tags