क्वारेन्टाइन बसेका व्यक्तिद्धारा आत्महत्या

Lumbinikhabar Online

टोपलाल अर्याल
गुल्मी, १७ जेठ

गुल्मीको छत्रकोट गाउँपालिको क्वारेन्टाइनमा एक जना व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका ४ दिगामको आदर्श मावि क्वारेन्टाइनमा बसेका ५६ बर्षीय चन्द्र बहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो । परियार शनिबार मात्रै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । साँझ चर्पी गर्न भनेर हिडेका परिवार नजिकैको दबदबेको रुखमा झुण्डिएर आत्महत्या गरेको वडाध्यक्ष डिलाराम न्यौपानेले जानकारी दिनुभयो । उनले ट्राभेल च्यातेर पासो लगाएका छन् । वडाध्यक्ष न्यौपानेले आफुलाई चर्पी जाने भनेर जानकारी गराएको बताउनुभयो । दिउँसो क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको थियो । श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर आएर परिक्षण गर्ने क्रममा चन्द्रबहादुर नदेखिएपछि खोज्ने क्रममामा आत्महत्या गरेको अवस्थामा फेला परेको न्यौपानेको भनाई छ । आर्दश माविको क्वारेन्टाइनमा परियारसंगै ३० जना रहेका थिए । अहिले जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर मुचुल्का गर्ने काम भइरहेकाले सहिए पछि पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याउने प्रहरी जनाएको छ ।

Comments

comments