क्वारेन्टाइनमै रक्सी खाएर श्रीमती कुटपीट

Lumbinikhabar Online

लुम्बिनी खबर डट.कम
गुल्मी, ११ बैशाख

इस्मा गाउँपालिका ६ अम्मरपुरका २४ गोपाल गिरीले क्वारेन्टाइनमै रक्सी खाएर श्रीमती कुटपीट गरेका छन् । उनले आफुसंगै क्वारेन्टाइनमा बसेकी श्रीमती २० बर्षीया पुष्पा गिरीलाई कुटपीट गरेका हुन । मदिरा सेवन गर्ने र बिक्री गर्ने दुवै जनालाई कारबाही प्रक्रिया सुरु गरेको गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । उनले क्वारेन्टाइन नजिकै पसल संचालन गरेका इस्मा गाउँपालिका २ का तारा खत्रीले क्वारेन्टाइनमा लगेर मदिरा दिएको फेला पारेको बताइन् । यो बिपद्को बेलामा पनि मदिरा सेवन गरेर सानो बच्चासहितको आफुलाई कुटपीट गर्ने तनाव दिएको पीडित पुष्पाले गुनासो पोखिन । इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले मदिरा बेच्ने व्यक्तिलाई इस्मा गाउँपालिकाको नियमानुसार पाँच हजार जरिवाना गरिएको बताए । मदिरा सेवन गर्नेलाई अहिले सम्झाई बुझाई गरिएको र क्वारेन्टाइनबाट छुटेपछि थप कारबाही गर्ने चौकी इन्चार्ज अधिकारीले जानकारी दिए । भारतबाट आएको आशंकामा उनीहरु बैशाख १ गतेदेखि इस्मा गाउँपालिका २ को पालुखा मावि क्वारेन्टाइनमा बसेका छन् ।

Comments

comments