धार्मिक तपोभूमि रेसुङ्गा र एक महिने साउने मेला

Lumbinikhabar Online फोटो :  धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा रहेको यज्ञशाला मन्दिरमा पुजाआजा गर्नका लागि दर्शानार्थीहरुको भिडभाड । तस्विरः शिवलाल सुवेदी/गुल्मी ।

शिवलाल सुवेदी
नेपालको धार्मिक तपोभुमीका रुपमा परिचित गुल्मीको रेसुङ्गा क्षेत्रमा साउने मेला शुरु भएको छ । अघिल्ला अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष पनि रेसुङ्गा क्षेत्रमा एक महिने धार्मिक साउने रेसुङ्गा मेला शूरु भएको हो । विगतका बर्षहरुमा साउन एक गतेवाटै मेलासगै यहाँ रहेका मठ मन्दिरहरुमा पुजाआजा चल्ने भएपनि यस बर्ष भने शुक्रवार अथवा ३ गतेवाट मात्रै पुजाआजा चल्ने रेसुङ्गा सरक्षण समितीले जनाएको छ । समितकिा अध्यक्ष शुरेसचन्द्र भुसालका अनुसार मगंलवार चन्द्रग्रहण लागेकाले ३ दिनसम्म सुतक रहने भन्दै शुक्रवारवाट मात्रै यहाँ पुजाआजा चल्ने बताए । साउनमहिनाभर चल्ने रेसुङ्गा साउने मेलामा रेसुङ्गा पोखरीमा स्नान गर्ने र यहाँ रहेका विभिन्न मठ मन्दिरहरुमा पुजाआजा गर्ने मानिसहरुको दिनहुँ भिडभाड रहने गर्दछ । चार धामवाट ल्याएको पानी रेसुङ्गा पोखरीमा मिसाइएकाले यहाँ स्नान गर्ने र मठ मन्दिरहरुमा पुजाआजा गरेमा मानिसहरुले आफ्नो जिवनमा गरेका सम्पूर्ण पापहरु नष्ट भई पुन्य प्राप्त हुने धार्मिक विश्वास रहदै आएकोले पनि साउन महिनाभर यहाँ दैनिक मानिसहरुको भिडभाड रहने भुसालले बताए । यहाँ साउन महिनाभर नै भिडभाड रहन्छ रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले भने“ साउन महिनैभर त भिडभाड नै हुन्छ ,अझ सोमवार र औसीको दिन त ब्यवस्थापन गर्न समितीलाई हम्मेहम्मे नै पर्छ ।” साउन महिनाभर यहाँ धार्मिक प्रवचनसँगै रुद्री, चन्डी शिवजीको दैनिक पूजा संञ्चालन लगायतका विविध धार्मिक कार्यक्रमहरु हुने गर्दछन । रेसुङ्गाको पोखरीमा स्नान गर्ने र मठ मन्दिरहरुमा पुजाआजा गरेमा मोक्ष प्राप्त हुने लगायतका विभिन्न धार्मिक मान्यता अनुसार यहाँ साउन महिना लगायत अन्य समयमा पनि छिमेकी मुलुक भारत लगायत छिमेकी जिल्लाहरुवाट पनि हिन्दु श्रद्धालु भक्तजनहरु रेसुङ्गामा आउने गर्दछन ।
धार्मिक स्थल रेसुङ्गामा पूजाआज गर्न भारतको सुनौली, गोरखपुर, लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग, प्यूठान, रुपन्देही, कपिलवस्तु, दाङ्ग,वाग्लुङ्ग,स्याङ्गजा,चितवन,काठमाडौ,पोखरा,नेपालगञ्ज,नवलपरासी लगायतका नेपालका बिभिन्न ठाउबाट श्रदालु भक्तजनहरु एक महिने मेलामा रेसुङ्गा क्षेत्रमा आउने गरेको समितीको आगन्तुक पुस्तिकामा उल्लेख रहेको छ । रेसुङ्गा नाम रहनुमा बिभिन्न कारण र किम्बदन्तीहरु रहेका छन । पहिला त्रेता युगमा महर्षि ऋष्य श्रृङ्गले यहाँ आश्रम बनाई साधना गरेका हुनाले उनै ऋषिको नामबाट रेसुङ्गा नामाकरण भएको हो भन्ने भनाई कतिपयको रहेको छ भने कसैको भनाई यो क्षेत्र मगरात क्षेत्र भएकोले मगर भाषामा रेस भनेको नुहाउनुमा उपसर्ग जोडेर रेसुङ्गा नामाकरण रहेको हो भन्ने भनाइ पनि कसैकसैको रहेको पाइएन्छ । रेसुङाको शिरमा निर्मित ४० फिट अग्लो भ्यू टावर चढेर दृश्य अवलोकन गर्दा साच्चै नै स्वर्गमा रहेको अनुभूति गर्न सकिन्छ यसबाट हेर्दा गुल्मीका अधिकाँश भू–भाग लगायत बाग्लुङ, स्याङ्जा, अर्घाखाँची पाल्पा र प्युठान सम्मको स्थानहरु स्पष्ट रुपले देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि चार धामवाट ल्याएर मिसाइएको स्नान गर्ने रेसुङ्गा पोखरी सम्म पुग्न सकिन्छ । पोखरीमा स्नान गरेपछि २०÷२५ मिनेटको पैदल यात्रापछि रेसुङ्गा यज्ञशाला लगायतका विभिन्न मठ मन्दिरहरु रहेको स्थानमा पुग्न सकिन्छ । सदरमुकाम तम्घासलाई काखमा राखेर बसेको रेसुङा धार्मिक,पौराणिक ऐतिहासिक एवं प्राकृतिक सौन्दर्यले भरीपूर्ण नेपालको तपोभूमी मध्ये एक हो । यसको विशाल र सुन्दरताले गर्दा यसले पर्यटकीय क्षेत्रका रुपमा पनि ख्याति पाउदै आएको छ । समुन्द्र सतह बाट २ हजार ५ सय फिटमा रेसुङा क्षेत्र रहेको छ ।

ऋष्य श्रृङले साधनाको स्थानको रुपमा रेसुङामा आई गरेको भन्ने भनाई पनि छ । साथै श्रीकृष्णले रेसुङामा बसी वाचन गरेको कथा अर्जुनले अर्जुन डाँडामा बसी श्रवण गर्दथे र रुरु क्षेत्रका तपसी हरुको बर्षे आश्रम रेसुङा नै थियो भनेर भनिन्छ । महाप्रभु लक्ष्मी नारायण बाट निर्मित पोखरी हिन्दु धर्मालम्वीहरुका लागि सबै तिर्थ नदिको जल निर्मित पोखरी हो । यस ठाउँमा हरिशयनी,हरीबोधनी एकादशी र साउन महिना भरी स्नान गर्नेहरुको भीड लाग्दछ । रेसुङ्गा क्षेत्रको विकासका लागि पछिल्लो समय विभिन्न सघं सस्थाहरु सक्रिय रहेका छन । विभिन्न सस्थाहरु रेसुङ्गाको विकासमा जुटेपनि यसको राम्रो विकास र प्रचार प्रसारको अभावमा रेसुङ्गा ओझेलमा परेको रेसुङ्गा क्षेत्रका विज्ञ तथा साहित्यकार शशी पन्थीको भनाई रहेको छ । यो हिन्दु धर्मालम्वीहरुको एकदम महत्व स्थान हो पन्थीले भने“रेसुङ्गाभन्दा कम महत्व भएका यस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको कति धेरै विकास र प्रचार प्रसार भएको छ, रेसुङ्गा सधै ओझेलमै छ ।” उनका अनुसार रेसुङ्गा क्षेत्रको उचित प्रचार प्रसार र सरक्षण गर्न सकेमा यहाँ थुप्रै धार्मिक तथा अन्य पर्यटकहरु भित्राउन सकिने बताए । गुल्मी जिल्लामा हिमाली श्रृखला नभए पनि धौलागिरी, निलगिरी, माछापुञ्छे« र अन्य १५ भन्दा धेरै हिमाल एवं रमणिय हिम श्रृखंलाहरु पनि रेसुङगा तपोभूमी बाट दृष्यावलोकन गर्न सकिन्छ । स्वामी शशिधर, लक्ष्मीनारायण तथा यदुकानन्दको तपोभूमि रेसुङगामा धार्मीक मठ मन्दिरहरु, प्यागोडा शैलिमा निर्माण गरिएको यज्ञशाला, होमकुण्ड, शिवलिङ्ग जस्ता धार्मीक महत्वले रेसुङगाको ऐतिहासिक तथा धार्मीक महत्व बढाएको छ ।

Comments

comments