आइतवार, अशोज ४, २०७७
Himalayan Social Journey

मन्त्री बिष्टले नौ बर्षमा दशैको टीका लगाए


टोपलाल अर्याल
गुल्मी, २१ असोज

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले ९ बर्षमा दशैको टीका लगाएका छन् । उनले मंगलबार ८९ बर्षीया आमा चिन्ताकला बिष्टको हातबाट दशैको टीका लगाएका हुन् । मन्त्री बिष्ट आमाको हातबाट टीका लगायन सोमबार जन्मस्थल गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको बाँझ आएका थिए ।

पाँच भाई मध्येका साइँला मन्त्री बिष्टले आमासंगै जेठा दाजु इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, माइला दाजु निर बहादुर बिष्ट लगायतका आफन्तजनको हातबाट पनि टीका लगाउनुको साथै आर्शिवाद थापेका थिए । उनले विभिन्न परिस्थतीको कारण अहिलेसम्म आमा र आफन्तसंगै टीका लगाउन नपाएको बताए । ‘टीका लगाउन पनि संयोग मिल्नुपर्छ आठ÷नौ बर्षसम्म त्यो अवस्था रहेन,’उनले भने,‘ अहिले आमासंगै टीका र आर्शिवाद पाउँदा खुसी छु ।’

गाउँघरमै आएर टीका नलगाएका बर्षौ भएकाले पनि दिनभर आफन्तबाट टीका र आर्शिवाद लिने तथा कार्यकर्ताहरुलाई पनि टीका लगाउने कार्यक्रम रहेको छ । अहिले मन्त्री बिष्टकोमा टीका लगाउनेको घुँइचो लागेको छ । उनले दशैको बेलामा मात्रै नभर बर्षभरनै नेपाली नागरिकलाई खुसी बनाउन सरकार योजनावद्ध रुपमा लागेको बताए । ‘समृद्ध नेपाल सुखी नेपालीको लागि सरकार गम्भीर ढंगले लागेको छ,’उनले भने,‘अब खुसी खोज्न दशै वा नयाँ बर्ष मात्रै पर्खनु पर्दैन् ।’ पारिवारीक भेटघाट र दशैको टीका लगाउन मात्रै आएकाले बुधबार राजधानी फर्कर्ने मन्त्री बिष्टले बताए ।


error: Content is protected !!