आइतवार, अशोज ४, २०७७
Himalayan Social Journey

गुल्मीमा खुकुरी प्रहारबाट युवा गम्भीर घाइते


लुम्बिनी खबर डटकम संवादाता
गुल्मी, ३० असोज
गुल्मीमा खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । धुर्कोट गाउँपालिका वडा नं ३ का ३२ बर्षीय गोकर्ण खत्री र भाई २४ बर्षीय पदम खत्रीले वडा २ का २५ बर्षीय निरञ्जन महतलाई खुकुरी प्रहार गरेका हुन् । बुधबार मदाने गाउँपालिका ६ को पुर्कोदह जनप्रिय युवा क्लवले आयोजना गरेको कार्यक्रमबाट फर्कने क्रममा बिबाद हुँदा खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरिक्षक पंकज तिवारीले जानकारी दिए । ढाडमा चोट लागेर गम्भीर घाइते महतलाई थप अपचारको लागि पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक तिवारीले बताए ।


error: Content is protected !!